२०८१ मङ्सिर १७ गते सोमवार

प्रहरीले खोजेर दियो,केसीले हराएको डेढलाख बढी रकम

दाङ, पुस ३ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले एकजना व्यक्तिले हराएको डेढलाख बढी रकम खोजेर फेला पारेपछि सम्वन्धित व्यक्तिलाई प्रदान गरेको छ ।  तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ दमारगाउँ निवासी ४१ बर्षीय अमरसिंह केसीले उक्त रकम सल्यान बाट आउँदै गर्दा मोटरसाईकल बाट डेढलाख बढी रकम हराएका थिए ।

सोमवार बेलुका भदैसंगै सल्यान बाट तुलसीपुरस्थित घर घर फर्किदै गर्दा झोलासहित डेढलाख बढी रुपैंया बाटो मै हराएको थियो । रा ४ प ८१११ नम्वरको मोटरसाईलकलमा सल्यानदेखि आउँदै गर्दा १ लाख ६४ हजार १ सय ९५ रुपैंया सहितको झोला बाटैमा खसेर हराएको थियो । उनीहरुले खोज्दापनि त्यो फेला परेन । उक्त कुरा केसीले लगतै ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीलाई खवर गरे । यो सोमवार बेलुका ८ बजेतिरको कुरा थियो ।

केसीको पछाडि मोटरसाईकलमा बसेकी उनकी भदैले अत्यधिक चिसोका कारण झोला कहाँ नेर खस्यो भन्ने कुरा पत्तै पाइनन् । केसीले सल्यानमा आफ्नो जग्गा बेचर त्यो रकम ल्याउँदै थिए ।  त्यसैले हराएको रकम कहाँ खोज्ने भन्ने सजिलो थिएन । तैपनि डिएसपी शाहीले लगतै तुलसीपुर–सल्यान सडक खण्डको गोटीखोला भन्ने स्थानमा चेक पोष्ट राखेर सबै सवारी चेक जाँच गर्न लगाए । केही समयको प्रयास पछि पैंशा एउटा पिक अपमा लुकाई राखेको अवस्थामा फेला पर्यो ।

कपुरकोट तर्फवाट आउँदै गरेको रा १ च ३८१ नम्वरको पिकअपको पछाडि पट्टी लुकाएको अवस्थामा १ लाख ६४ हजार १ सय ९५ नगदसहित झोला फेला प¥यो । त्यो दिन केही बेर चालकले इन्कार गर्न खोजे । पैंशा आफ्नै भएको दाबी गर्न खोजे । पछि उनले पैंशा बाटोमा फेला पारेको स्वीकार गरे ।

यसैबीच उक्त रकम मंगलवार ईप्रका तुलसीपुरका प्रमुख एवं डिएसपी शाहीले सम्वन्धित व्यक्ति अमरसिंह केसीलाई बोलाएर प्रदान गरेका छन् । आफ्नो हराएको उक्त रकम खोजी गरेर जस्ताको त्यस्तै पाउँदा केसी खुसी देखिन्थे ।

प्रकाशित मिति : २०७५ पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *