मसुरीया (दाङ), ३ पुस ।
राप्ती गाउँपालिका शिक्षा समितिको बैठक मंगलबार सम्पन्न भएको छ । राप्ती गाउँपालिका कार्यवाहक अध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षतामा बसेको बैठकले दरबन्दी मिलान सम्बन्धमा छलफल गरी निर्णय गरेको छ ।
राप्ती गाउँपालिकाले राप्ती क्षेत्रका सामुदायिक विद्यालयहरुमा राष्ट्रिय मापदण्डका आधारमा शिक्षक दरबन्दी मिलान गर्न आवश्यक पर्ने स्रोत ब्यवस्थापन गरी दरबन्दी मिलान एकिन गरी समायोजनको रुपरेखा तयार गर्ने निर्णय गरेको राप्ती गाउँपालिका शिक्षा समितिका सदस्य सचिव राजेन्द्र कुमार घिमिरेले जानकारी दिए ।
प्रकाशित मिति : २०७५ पुष ३ गते मङ्गलवार