२०८१ बैशाख ७ गते शुक्रवार

चालककै बीचमा कुटाकुट

दाङ, पुस ३ । दाङका सवारी चालकहरुकै बीचमा कुटाकुट भएको छ । बसका चालक तथा स्टापहरुको कुटपिट बाट ट्रकका चालक घाइते भएका छन् । ट्रक चालक सल्यान खलङगा निवासी ३५ बर्षीय मोहन गिरी बसका स्टापहरुको कुटपिट बाट घाइते भएको प्रहरीले जानकारी दिएको छ । गिरी ना ६ ख २७३७ नम्वरको ट्रकका चालक हुन ।

घाईते गिरीको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । गिरीलाई ना ४ ख ४३५८ नं.को बसका चालक र सहचालक मिलेर कुटेको प्रहरीले जानकारी दिएको छ । बसका चालक तुलसीपुर उपमहानगरपालिका वडा नं.७ निवासी ३६ बर्षीय रुमबहादुर घर्ती, सोही ठाउँ निवासी बसका सहचालक महेश घर्ती र सोही ठाउँकै बसका सहयोगी प्रकाश वलीले ट्रक चालकलाई कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ ।
पश्चिम दाङको बबई गाउँपािलका वडा नं. २ स्थित ट्वाङखोलामा आसपसका विवाद हुँदा बसका चालक र उनका सहयोगीले ट्रकका चालकलाई सोमवार दिउँसो २ वजे तिर कुटपिट गरेर घाइते भएको प्रहरीले जानकारी दिएको छ । कुटपिटमा सम्लग्न सबै जनालाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *