देविराम कुसारी
गोल्टाकुरी, पुस २ । दंगिशरण गापाले आफुहरुलाई झुक्याएको दंगिशरणका किसानले आरोप लाएका छन् । गाउँ सभामा एक खालको निर्णय गर्ने र व्यवहारमा निर्णयनै कार्यान्वयन नगरेर गाउँपालिकाले आफुहरुलाई झुक्याएको स्थानिय किसानको आरोप रहेको छ । गाउँ सभाले किसानलाई गहुको वितरण गर्ने निणर्य गरी विनियोजन गरको रमक अहिले सम्म पनि प्रयोग भएको छैन । गहुको विउ वितरण गर्ने भनेर सुचना टास गरेको आधारमा आफुले पनि सहकारी मार्फत माग फारम भरेको तर पनि विउ नपाएको दंगिशरण मिरौलीका किसान इन्द्रलाल वलीले गुनासो गरे । “गहुको विउ आउछ भनेर फारम भरे विउको आसमै गहु छर्ने ढिला भयो ” वलीले भने – गाउँ पालिकाले नक्कले काम गर्यो ।
वली त उदारहण मात्रै हुन् गहुको विउ पर्खेर वस्ने, साविका गोल्टाकुरीका किसानले पनि गहुको फारम भरे अहिले सम्म पनि गहुको विउ पाएका छैनन् । त्यसैगरी साविक श्रीगाउँ गाविसका किसानले पनि गहुका लागि फरम भरेका तर पनि विउ नपाएको साझा सहकारी संस्था हेकुलीका सचिव केशवराज लगौतमले जानकारी दिए । गाउँपालिकाले निर्णय कार्यान्वयन नगर्दा आफुहरुले गहुकै विउको लागि पर्खीदा समय वितेको र ढिलागरी गहु छर्न वाध्य धएको अर्का किसान सोभाखर न्यौपानेले जानकारी दिए ।
आर्थिक वर्ष २०७५-०७६ गाउँ सभाले गहुको विउ वितरणका लागि वजेट विनियोजन मात्रै गरेन बरु गएको मंसिर ६ गते एक साताको समय सिमा तोकेर फारम भर्ने सुचना समेत गाउँ पालिकाले प्रकाशित गर्यो । यसरी गहुको विउको लागि सुचना प्रकाशित गरिसके पनि विउ वितरण नगरेर आफुलाई गाउँपालिकाले झुक्याएको किसान न्यौपानेको आरोप रहेको छ । किसानले गहुको विउ नपाएपछि तुलसीपुर उप महानगपालिका वाट विउको जोह गर्न वाध्य भएका छन् ।
यसरी किसानलाई परेको समस्याका वारेमा दंगिरशण कृषी शाखामा बुभ्mदा गाउँ पालिकासंग काम गर्न केही समस्या भएको कृषी शाखा प्रमुख शरु भुषालले जानकारी दिए । “अगाडी आलुको विउको निकासा अहिले सम्म भएको छैन ” प्रमुख भुषालले भने – यसपटक पनि यही समस्या होला भन्ने भयो वजेट निकासा नहुदा काम गर्न गाह्रो भयो । प्रयाप्त माग नआएको र विउ महँगो भएको कारण आफुहरुले विउ वितरण नगरेको गाउपालिकाका प्रशासकिय अधिकृत मार्शल कुमार वलीले जानकारी दिए । अधिकृत वलीले देखाएको कारण निहु मात्रै भएको किसानको आरोप छ । जसाले जे कारण देखाए पनि गाउँपालिका र कृषी शाखा विचको समन्वय नभएका कारण समस्या आएको हेकुली तरकारी तथा विज वृद्धी सहकारी संस्थाका शोभाखर न्यौपानेले वताए ।
आखिरी लापरवाही kisko लागि