दाङ, पुस १ ।
दाङमा मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बवई गाउँपालिका वडा नम्बर ७ निवासी अन्दाजी ५८ बर्षीय नेत्रबहादुर बुढाथोकीको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । तर ठक्कर दिने मोटरसाईकल भने रातभर खोज्दा भने फेला पार्न नसकिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी पे्रमबहादुर शाहीले जानकारी दिए ।
पैदल हिडिरहेका बुढाथोकीलाई अल्फावेट खुल्न नसकेको मोटरसाईलकलले दुधेनामा शनिबार साँझ सवा ९ बजेतिर ठक्कर दिएको थियो । बुढाथोकीलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर पु¥र्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
यसैबीच टेक्टर दुर्घटनामा परेका दुईजनालाई प्रहरीले उद्धार गरेको छ । रा १ त २७१२ नम्वरको टेक्टर दुर्घटना हुँदा च्यापिएका चालक अमृत थकाली र सहचालक प्रेमबहादुर गुरुङको उद्धार गरी राति नै राप्ती अञ्चल अस्पतालमा पु¥याएको प्रहरी जानकारी दिएको छ । शनिवार बेलुका सवा ८ बजेतिर तुलसीपुर–७ मा टेक्टर दुर्घटना हुँदा च्यापिएका उनीहरुलाई राति १० बजेतिर उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।