२०८१ पुष २९ गते सोमवार

बंगलाचुलीमा जलेर तीन बालबालिकाको मृत्यु

दाङ, मंसिर २८ । दाङमा भएको आगलागीमा परि तीन जना बालबालिकाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका वडा नं. ८ गुराँसे निवासी नवराज पुनको घरमा आगो लाग्दा उनका ७ बर्षीय छोरा कृष्णबहादुर पुन, ५ बर्षीया छोरी अस्मिता पुन र २ बर्ष ६ महिनाकी छोरी अन्जु पुनको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागी बाट घरमा रहेका ७ वटा बाख्रा र ४ वटा गाई समेत जलेर मरेका छन् । दाङ जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रशाद घर्तीले पुनकी श्रीमती जीवना पुन १ बर्ष ४ महिनाको छोरा विरामी भएको हुँदा झारफुक गराउन भनि गाउँमा जाँदा अन्य तीन छोरा छोरीलाई घरमा एक्लै सुताएर गएको समयमा आगलागी भएको जानकारी दिए ।

पुनको ४ कोठाको २ तल्ले फूसको छानो युक्त कच्ची घरमा सोलारको व्याट्री पड्किएर उक्त आगलागी भएको प्रहरीले बताएको छ । विहीवार साँझ ६ बजेतिर घरमा आगो लागोको थियो । प्रहरी चौकी हाँसिपुर बाट गएको प्रहरी र स्थानीयको सहयोगमा रातको १२ बजेतिर मात्रै घरको आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *