२०८१ माघ ३ गते बिहिवार

क्रसर उद्योग कानून बमोजिम नभए कारवाही

दाङ, मसिर २७ ।
जिल्लामा सञ्चालन भएका क्रसरको अनुमगन गरिने भएको छ । गत वर्षपनि जिल्ला समन्वय समितिले क्रसर उद्योगको अनुगमन गरेको थियो । अनुगमनको क्रममा धेरै उद्योग मापदण्डविपरित सञ्चालन भएको फेला पारेको थियो । जिल्लामा झण्डै ३० वटा क्रसर उद्योग सञ्चालनमा छन् । उद्योगहरुको अनुगमन गर्ने निर्णय भएको छ’ जिल्ला अनुगमन समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले भने ‘ कानून बमोजिम नभए कारवाही हुन्छ ।’ उनका अनुसार अव केही सयममा अनुगमनको काम हुन्छ । त्यसैगरेर बैठकले अवैध रुपमा संकलन गरेर राखेको नदीजन्य पदार्थको लिलाम विक्रीको लागि स्थानीयतहलाई जिम्मा लगाउने निर्णय गरेको छ ।

स्थानीयतहले कानूनी प्रक्रियामा ल्याएर संकलन गरेका नदीजन्य पदार्थको लिलाम गर्ने बैठकले निर्णय गरेको छ’ जिल्ला समन्वय समितिका अधिकृत बासुदेव आचार्यले भने । बैठकमा स्थानीयतहका प्रमुख तथा प्रतिनिधिले नदीजन्य पदार्थको अभावको कारण विकास निर्माणको काममा समस्या भएको गुनासो गरेका थिए । चालु आर्थिक वर्षको दोस्रो चौमासिक शुरु भएपनि विकास निर्माणको काम सुस्त नै छ । विकास निर्माणको काम अघि बढन नसकेपछि नागरिकबाट स्थानीय सरकारको आलोचना समेत शुरु भएको छ ।

बैठकमा स्थानीयतका प्रमुखहरुले नदीजन्य पदार्थको उत्खननमा जेसीवि प्रयोग गर्न पाउने आवाज समेत उठाएका थिए । बैठकले तुलसीपुरको बेलझुण्डीमा निर्माणधिन खेलकुदको पुर्वाधारको लागि प्रारम्भिक वातावरण मुल्याकन गरेको खोलाबाट जेसीवि लगाएर कच्चा पदार्थ ल्याउन अनुमति समेत दिएको छ । बैठक जिल्ला अनुगमन समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा बसेको थियो । बैठकमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, घोराही, तुलसीपुर उपमहानगरपालिका प्रमुख र अन्य गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको सहभागिता थियो ।

प्रकाशित मिति : २०७५ मङ्सिर २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *