२०८१ बैशाख ७ गते शुक्रवार

वडा भवनको शिलन्यास

तुलसीपुर, २७ मंसिर ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १६ मा वडा भवनको शिलन्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले जगको पूजा गरेर भवनको शिलन्यास गरेका हुन । भवनको शिलन्यास गर्दै नगरप्रमुख पाण्डेले उपमहानगरले यस वर्ष चारवटा वडा कार्यालय स्थापना गर्ने बताए । उनले नागरिकको सहजताका लागि वडा कार्यालयलाई सेवा केन्द्रका रुपमा विस्तार गर्न लागिएको पनि जानकारी दिए ।

‘जनतालाई कसरी सर्वसुलभ रुपमा सेवा दिन सकिन्छ भन्ने बारेमा हामीले योजना बनाएर काम गरिरहेका छौँ’ पाण्डेले भने । उनले वडा कार्यालयमा विभिन्न विषयगत शाखाहरु राखेर जनतालाई आँगनमै सेवा दिने काममा उपमहानगरपालिका लागिरहेको पनि बताए । ‘जनताको घरदैलोमा सेवा पु¥याउने हाम्रो लक्ष्य हो’ पाण्डेको भनाइ थियो । उनले तुलसीपुर उपमहानगरपालिकाले राजस्व संकलन र घटना दर्तासमेत वडा कार्यालयबाट गरेर जनतालाई सेवा दिइरहेको समेत बताए ।

जग्गा व्यवस्थापन समितिका सदस्य यज्ञबहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अमरबहादुर खड्का, खिमानन्द डाँगी, खिमबहादुर वली लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवन योगीले तीन महिनाभित्र भवन निर्माण भइसक्ने जानकारी गराएका थिए । उनले पाँच कोठाको भवन निर्माणका लागि ४० लाख ४४ हजार लाग्ने बताए । इन्जिनियर योगीले भवन आधुनिक शैलीको हुनुका साथै अपाङ्गमैत्री पनि हुने बताए । भवन शिलन्यास कार्यक्रम वडा अध्यक्ष भूपबहादुर केसीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २०७५ मङ्सिर २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *