२०८१ माघ ३० गते बुधवार

प्रतिष्ठानको विवाद वार्ताको माध्यमबाट समस्या समाधान गर

दाङ, मंसिर २७ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रतिष्ठान सरोकार समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्या वार्ताको माध्यमबाट समाधान गर्न दुबै पक्षलाई आग्रह गरेको छ । सरोकारवाला समितिको बैठकले यस्तो निर्णय गरेको छ । बैठकले कर्मचारीहरुले थालेको आन्दोलनप्रति सरोकार समितिको ध्यानकर्षण भएको र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा आन्दोलन हुँदा बिरामीहरुलाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले तत्काल स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रशासन र कर्मचाहरु वार्ताको माध्यमबाट समस्या समाधान गर्ने आग्रह गरेको छ । बैठक सरोकार समितिका संयोजक नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो ।

जागिरको सुनिश्चितताको माग गर्दै साविकको राप्ती उपक्षेत्रिय अस्पतालमा विकास समितिबाट नियुक्त भएका कर्मचारीहरु बुधबारदेखि आन्दोलनमा उत्रिएका छन् । आफूहरुको सेवालाई प्रतिष्ठानमा सुनिश्चित गर्नुपर्ने माग गर्दै ६० जना बढी कर्मचारीहरु आन्दोलनमा उत्रिदै प्रतिष्ठानको प्रशासनिक कार्यालयमा धर्ना दिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन ऐनमा विकास समितिका कर्मचारीहरु स्वतः प्रतिष्ठानको मातहतमा आउने भनिए पनि प्रतिष्ठानले ल्याउन आनाकानी गरेको भन्दै उनीहरुले बुधबार धर्ना दिएका हुन् । प्रतिष्ठानले भने प्रकृया अनुसारै कर्मचारीहरुको म्याद थप गरिएको जनाएको छ । तर प्रतिष्ठानले केही महिनाका लागि म्याद थपेर प्रतिष्ठान मातहत ल्याएको भनि सेवाबाट विस्थापित गर्ने योजना बनाएको भन्दै कर्मचारीहरुले सेवाको सुनिश्चितता गर्न माग गर्दै धर्ना दिएका हुन् ।

साविकको विकास समितिका कर्मचारीहरुले ६ महिनादेखि तलबसमेत पाएका छैनन् । केही दिन पहिले प्रतिष्ठानले विकास समितिका कर्मचारीहरुलाई आगामी पुसमसान्त सम्मको म्याद थप गरि नियुक्ती पत्र दिने तयारी गरेपछि कर्मचारीहरुले सो पत्र बुझ्न मानेका छैनन् । उता प्रतिष्ठानले आफै नियुक्त गरेका सह निर्देशक देखी अन्य ४२ जना कर्मचारीलाई भने दुई महिनाको तलब खुवाईसकेको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *