दाङ, माघ १२ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी स्थित राप्ती र गढवा गाउँपालिका जोड्ने पुलको सोमबार उद्घाटन गरिएको छ ।
राप्ती नदीमा एक बर्ष पहिले निर्माण पूरा भएको उक्त पुलको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । यस्तै दाङको लालमटीयामा सोमवार आयोजित नेकपाको जनसभालाई पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।