२०८१ माघ ३० गते बुधवार

न्यायलय सरकारलाई असफल बनाउन लागेको शंकर पोखरेलको आरोप

बुटवल, मंसिर २६ । ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले न्यायालय सरकारलाई असफल बनाउन उद्धत रहेको आरोप लगाएका छन् ।
अन्तराष्ट्रिय मानवअधिकार र पेरिस सिद्धान्तको बार्षिक उत्सवका अवसरमा मंगलवार बुटवलमा आयोजित मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार भुमिका विषेयक कार्यशाला गोष्ठिलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले त्यस्तो बताएका हुन ।

विभिन्न फौजदारी अपराध र संगठित अपराधमा संलग्नहरुलाई राज्यले कारवाहीको दायरामा ल्याएपनि अदालतले छोड्ने गरेको दाबीगर्दै मुख्यमन्त्री पोख्रेलले अदालत सरकारलाई असफल बनाउन उद्धत रहेको आरोप लगाएका हुन । ‘अधिकारको नाममा सरकारलाई असफल बनाउन न्यायालय उद्धत देखिन्छ,’ पोखरेलले भने ।

मुख्यमन्त्री पोख्रेलले जनताको न्यायको पक्षमा पैरवी गर्ने सस्थाहरुले सरकारलाई बलियो बनाउने पक्षमा नबोल्ने हो भने नागरिकका अधिकार कुण्ठित हुने तर्क प्रस्तुत गरेका थिए ।

उनले सरकारले संगठित अपराध र बम बिस्फोट गराउने कार्यमा सम्लग्नहरुलाई पक्राउ गरेपनि यायालयले छोड्न आदेश दिएको प्रति रोष प्रकट गरे ।

प्रकाशित मिति : २०७५ मङ्सिर २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *