दाङ, मंसिर २६ । दाङ देउखुरी जिल्ला अदातलले एकजना ६९ बर्षीय बृद्धलाई करणी मुद्दामा दोषी ठहर गर्दै ५ बर्ष कैदको फैसला सुनाएको छ । बबई गाउँपालिका वडा नं. ६ निवासी ६९ बर्षीय बुद्धिराम थापालाई दाङ देउखुरी जिल्ला अदालते मंगलवार ८ बर्षीया एक बालिकालाई बलात्कार मुद्दामा कसुरदार मान्दै ५ बर्ष कैद र ५० हजार क्षतिपुर्ती भराउन फैसला गरेको हो ।
जिल्ला न्यायाधिस हेमन्त रावलतको ईजलासले थापालाई उक्त मुद्दामा दोषी ठहर गर्दै उक्त फैसला गरेको छ । गत बैशाख १६ गते बालिकाका आफन्तले थापाका विरुद्ध ८ बर्षीया बालिकालाई करणी अभियोगमा उजुरी दिएका थिए ।
प्रकाशित मिति : २०७५ मङ्सिर २६ गते बुधवार