२०७७ कार्तिक ८ गते शनिवार

प्रहरी हवल्दारविरुद्ध मुद्दा दायर

काठमाडौँ, २५ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पान मसलाजन्य पदार्थको व्यवसाय सञ्चालन गर्न सहज गराइ दिने बहानामा प्रहरी हवल्दार हजराले रु एक लाख घुस लिँदालिँदै आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो । आयोगले बिगो असुल गरी हदैसम्मको कारवाहीको माग गर्दै आज मुद्दा दायर गरेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *