तुलसीपुर, २५ मंसिर ।
स्वर्गीय खेमकुमारी श्रेष्ठको स्मृतिमा गुरुजजुर माध्यमिक विद्यालयमा अध्ययरत अपांगता भएका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ निवासी श्रेष्ठ परिवारले स्वर्गीय आमा खेमकुमारी श्रेष्ठको स्मृतिमा विद्यालयमा अध्ययनरत शारीरिक अपांग, बहिरा, दृष्टिविहीन गरी करिब एक सयजना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
त्यस अवसरमा छोरा तथा बुहारीहरु रमेश श्रेष्ठ, श्रीमती ज्योत्स्ना श्रेष्ठ, आष्वीणी श्रेष्ठ, रोशनी श्रेष्ठ, कुमार श्रेष्ठ, श्वता श्रेष्ठ, छोरी ज्वाइँ अर्जुन राजभण्डारी, सीता राजभण्डारीले विद्यालयमा पुगेर विद्यार्थीहरुलाई कपडा वितरण गरेका हुन् । मृतकको बुहारी ज्योत्स्ना श्रेष्ठको अध्यक्षतामा तथा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकोे थियो ।
कार्यक्रममा प्रमुख अतिथि आचार्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई चिसो समयमा न्यानो कपडा वितरण गरेर राम्रो काम गरेको भन्दै प्रशंसा गरेका थिए । कक्षा १२ मा अध्ययनरत बहिरा बिद्यार्थी बन्दे बहादुर खत्रीले आफूलाई न्यानो कपडा वितरण गर्ने श्रेष्ठ परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए । त्यस अवसरमा दोभासेको काम शिक्षिका झरणा केसीले गरेकी थिइन् भने कार्यक्रमको सहजीकरण शिक्षक प्रमोद न्यौपानेले गरेका थिए ।