२०७७ कार्तिक १५ गते शनिवार

काठमाडौंको तापक्रम घट्दोक्रममा ४ डिग्रीमा झर्‍याे

मंसिर २५। मंगलबार काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियसमामा झरेको छ । सोमबार ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको न्युनतम तापक्रम मंगलबार ४ डिग्रीमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंसहित देशैभरि जाडो बढ्दै गएको छ । दिनहुँजस्तै तापक्रम घट्न थालेपछि चिसो बढेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

मंगलबार पूर्वी पहाडी भेगमा भने हल्का पानी पनि पर्न सक्ने सम्भावना छ । मंगलबार राति पहाडी र उच्च हिमाली भेगमा हिमपातकोसमेत सम्भावना रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *