२०८१ फाल्गुन ७ गते बुधवार

लमही नगरलाई हिंसामुक्त बनाउन जोड


देउखुरी, २४ मंसिर । 
पछिल्लो समय महिलाहरु बढी हिंसामा परेको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । आइतबार लमही नगरपालिका वडा नम्बर १ सुन्डबरीमा आयोजित लैंगीक महिला हिंसाविरूद्वको १६ दिने अभियान अन्तरक्रिया कार्यक्रममा महिलामा धेरै हिंसा र दुब्र्यवहार भएको भन्दै नगरलाई हिंसामुक्त समाज बनाउनु पर्ने कुरामा जोड दिइएको थियो ।

लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले महिला र पुरुषको विभेद राखेर अगाडि बढ््न नसकिने भन्दै, गाउँ समाजमा जबसम्म महिला पुरुष एक रथका दुई पाङग्रा हुन् भन्ने चेतनाको विकास गर्न जरुरी रहेको बताए । केसीले लिङ््गको आधारमा भेदभाव गर्ने आधारलाई अन्त्य गर्नुपर्छ भन्दै, हिंसा अन्त्य गर्न चेतनाको परिवर्तनको आवश्यक रहेको बताए ।

कार्यक्रममा लमही नगरपालिका उप–प्रमुख देवका बेल्वासेले पनि हिंसा अन्त्य हुन नसकेको बताउँदै, के कारणले हिंसाको उत्पन्न भएको हो, यसको मुख्य कारण पत्ता लगाई चेतनाको कार्यक्रम ल्याउनुपर्नै बताईन् । बेल्वासेले लमही नगरपालिकालाई हिंसामुक्त समाज निर्माणको आवश्यक रहेको भन्दै, हिंसामा परेका महिला र पुरुषलाई लमही नगरपालिकाको न्यायीक समितिमा सम्पर्क राख्न अनुरोध गरिन् ।

यस्तै कार्यक्रममा लमही नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नुमराज पौडेलले महिला हिंसा अन्त्यका लागि गाउँ समाज र आफूबाट परिवर्तन गर्न आवश्यक रहेको बताए । लैीिगक हिंसाविरुद्धको १६ दिने आभियान कार्यक्रम एउटा कोठामा मात्रै नगरी गाउँ गाउँमा चेतनासम्बन्धी कार्यक्रमहरु गर्नुपर्ने बताए । सहायक महिला विकास निरीक्षक कल्पना खनालको स्वागत मन्तब्यबाट शुरु भएको अन्तरक्रिया कार्यक्रमको कार्यक्रमको सहजीकरण लमही नगरपालिकाका निर्मला श्रेष्ठले गरेकी थिइन ।

 

प्रकाशित मिति : २०७५ मङ्सिर २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *