घोराही, २४ मंसिर
घोराही उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले भ्रष्टाचारविरुद्धको ऐक्यवद्धता जनाएका छन् । घुस खान्न, दिन्न र सहन्न भन्दै जनप्रतिनिधिहरुले भ्रष्टाचारविरुद्धको ऐक्यवद्धता जनाएका हुन् । जनप्रतिनिधिहरुले सबैखाले भ्रष्टाचारको विरोध गर्दै सदाचारी बन्छु भन्दै प्रतिवद्ध जनाएका थिए । भ्रष्टाचार ऐक्यवद्धता नागरिक समाजको आयोजनामा भएको ९ डिसेम्वरमा मनाइने भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसलाई लक्षित गर्दै आयोजना गरिएको भ्रष्टाचारविरुद्धको पहल तपाईबाट कार्यक्रममा सहभागी जनप्रतिनिधि, नागरिक समाजलगायतले ऐक्यवद्धता जनाएका हु्न् ।
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिंग्देल, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले भ्रष्टाचारविरुद्धको ऐक्यवद्धताविरुद्ध सामूहिक हस्ताक्षर गरेर प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले भ्रष्टाचारी न्यूनीकरण गर्नको लागि पारदर्शी, जवाफदेहीता हुनुपर्ने बताएका थिए ।
भ्रष्टाचार भइरहेको र भएको कार्यालयहरुमा नियमन र अनुगमन गर्नुपर्ने उनले बताएका थिए । व्यक्तिगत लोभ र स्वार्थका कारण जनता अन्यायमा पर्ने गरेको उनले बताए । नैतिक आर्थिक भ्रष्टाचार दुबै हुने गरेका यस विषयमा घुस लिने र दिने दुबै सचेत हुनुपर्ने उनले बताएका थिए । अधिवक्ता गोमा महराले भ्रष्टाचार मौलाएको स्थानमा न्याय मर्ने बताएकी थिईन् ।
भ्रष्टाचार भईरहेको क्षेत्रमा नीति नियम, मुल्य मान्यताहरु पनि घट्ने बताएकी थिइन् । थारु कल्याणकारी अध्यक्ष भुवन चौधरीले घुस लिने मात्र नभई घुस दिने पनि भ्रष्टाचारी भएको बताएका थिए । घुस लिने भन्दा घुस दिनेहरु सचेत हुनुपर्ने उनले बताए ।
त्यस अवसरमा भ्रष्टाचार ऐक्यवद्धता नागरिक समाजकी आसमानी चौधरीले घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीलाई आफ्नो पालिकामा भ्रष्टाचार नियन्त्रण गर्ने प्रभावकारी संयन्त्र बनाउनुभएको छ ? सेवाग्राही नागरिकता गुनासा सम्बोधन गर्ने संयन्त्र बनाउनु भएको छ ? नीति तथा योजना तर्जुमा गर्दा लक्षित वर्गको सहभागिता सुनिश्चित गरिएको छ ? खर्च गर्दा स्वविवेकीय अधिकार बढी नै प्रयोग गरियो कि लगायतको प्रश्नको भ्रष्टचारविरुद्धको ऐक्यवद्धता पत्र वुझाएकी थिईन् ।
त्यसगैगरी आफ्नो सम्पत्ति विवरण समयमा बुझाउनु भयो ? सार्वजनिक गर्नुभयो ? आफूले नेतृत्व गरेका गाउँपालिका, नगरपालिका खर्च सार्वजनिक गर्नुभयो ? आफ्नो निर्वाचन क्षेत्रमा सञ्चालित आयोजनाको खर्च विवरण सार्वजनिक गरियो ? लगायत जनप्रतिनिधिहरुलाई प्रश्नसहितको भ्रष्टाचारविरुद्धको ऐक्यवद्धता पत्र बुझाएकी थिईन् ।
भ्रष्टाचार ऐक्यवद्धता नागरिक समाजकी आसमानी चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपाने, वडा नम्वर ४ का वडा अध्यक्ष भीमबहादुर सार्की, ७ का खोपिराम चौधरी, ९ का मानबहादुर बस्नेत, ११ का कुलबहादुर लामिछाने, १२ का राजेन्द्र बुढा, १३ का रविलाल घर्ती, १४ का शक्तिराम डाँगी, १५ का रमेश पाण्डे, १७ का खुशीराम चौधरी, १८ का भरत अर्याललगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नवीन चौधरीले गरेका थिए ।