दाङ, मंसिर १८ । दाङको घोराहीमा पनि राजतन्त्रका पक्षमा ¥याली निकालिएको छ । घोराहीस्थित ट्राफिक चोकवाट मध्यान्न तिर मोटरसाईकल र कारसहितको ¥याली सुरु भएको हो । झन्डै ३ सय जति मोटरसाईकल र कारसहितको ¥यालीले बजारका विभिन्न भागको परिकर्मा गरेको थियो ।
¥यालीका सहभागिहरुले ‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, गणतन्त्र धोका हो, हिन्दु राज्य सहितको राजतन्त्र चाहिन्छ,’ भन्ने जस्ता नाराहरु लगाएका थिए । त्यो ¥यालीका बीचमा ‘गणतन्त्र मुर्दाबाद’ भन्ने नाराबाजी पनि भएको थियो । ¥यालीका सहभागिहरुले राष्ट्रिय झण्डा बोकेका थिए ।
‘देशभक्त नागरिक’को नामवाट भएको ¥याली पछि घोराहीको तुलसीपुर चोकमा आएर कोण सभा गरेका थिए । कोणसभालाई सम्वोधन गर्नेहरुले ‘राजा विनाको देश रानी विनाको माहुरी समान’ बन्न पुगेको तर्क गरेका थिए ।
बक्ताहरुले यतिबेला मुलुक अभिभावक विहिन अवस्थाले देश बर्बाद भएको बताएका थिए । कार्यक्रमलाई भोलानाथ योगी, कुलबहादुर घर्ती, उमाकान्त भण्डारी, भानु केसी लगाएले सम्वोधन गरेका थिए ।
प्रदर्शन सुरु हुनु भन्दा अगाडिदेखि नै घोराहीका चोक चोकमा प्रहरीको बाक्लै तैनाथी थियो । गृह प्रशासनले नै राजतन्त्रका पक्षमा हुने पर्दशन र ¥यालीमा सहभागि नहुन आह्वान गर्दै आएको छ । तैपनि देशका विभिन्न सहरहरुमा जस्तै गरि बुधवार घोराहीमा पनि पर्दशन भएको हो ।
घोराहीमा भएको पर्दशनमा प्रमुख दलका नाममा यसअघि चिरपरिचित अनुहारपनि सामेल भएका देखिन्थे । मुख्य गरि व्यापारिक क्षेत्रमा रहेका र प्रमुख दलहरु सत्तासिन नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेसमा आवद्ध व्यापारीहरुको बाक्लै उपस्थिती ¥यालीमा थियो । सबै तस्विरहरु – रोषणमान श्रेष्ठ