तुलसीपुर, मंसिर २२ ।
टेक्टरको ठक्करबाट १२ बर्षीय बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ रानीजरुवा निवासी १२ बर्षीय नवीन वलीको टेक्टरको ठक्करबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
तुलसीपुर उपमहागरपालिका वडा नम्बर ८ टिकरीमा लु २ त ४१८७ नम्बरको टेक्टरको ठक्करबाट वलीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । शुक्रबार बेलुका ८ बजेतिर टेक्टरले बालक ठक्कर दिएको थियो ।
वली त्यही टेक्टरमा लेबरको रुपमा बालुवा, गिट्टी उठाउन भनि गएको खुल्न आएको छ । बालक वलीको मृत्यु भएलगतै उक्त टेक्टर भने चालकले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ स्थित दमारगाउँको जंगलमा लगेर लुकाएको अवस्थामा शनिबार मात्रै फेला परेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७५ मङ्सिर २२ गते शनिवार