२०८१ माघ १३ गते आइतवार

५ वर्षीय बालिकालाइ ६ जनाले सामुहिक बलात्कार

मङ्सिर २१ । रुपन्देहीको देवदहमा ५ बर्षकि बालिका बलात्कृत भएकी छन । बलात्कार गरेको आरोपमा प्रहररीले छ जना युवालाई पक्राउ गरेको छ । बालिकालाई युवाहरुले लछारपछार गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शुक्रबार साझ आठ बजे भएको उक्त घटनापछी तत्काल घटनास्थल पुगेको प्रहरीले छ जनालाई घटना स्थल नजिकैबाट पक्राउ गरेको हो । बालिकाको गुप्ताङ्गबाट रगत बगेको र उनलाई उपचारका लागि अस्पताल लगिएको स्थानीयले बताएका छन् ।

नियन्त्रणमा लिइएका ६ मध्य देवदह नगरपालिका– ६ का २२ वर्षीय लक्ष्मण विक र देवदह–७ का १८ वर्षीय जीवन खत्रीले बलात्कार गरेको स्वीकारेका छन् । अन्य ४ जनासँग पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *