२०८१ बैशाख ७ गते शुक्रवार

रोल्पाको जिनाबाङमा खानेपानीको हाहाकार

रोल्पा, मंसिर २० ।
रोल्पाको सुकिदह गाउँपालिका वडा नं. ३ मा खानेपानीको चरम समस्या उत्पन्न भएको छ । साविकको जिनाबाङ गाविस वडा नम्बर ३, ४ र ५ का नागरीकलाई खानेपानीको समस्या भएको हो । करिब २० बर्षअघि रोल्पा र सल्यानको सीमानामा पर्ने जथाक लेकमा रहेको रोटेपानी मुहानबाट खानेपानी पाइप लाइन बिस्तार गरिएको थियो । तर हाल त्यहाँ जनसंख्या बृद्धिसंगै खानेपानीको समस्या उत्पन्न भएको हो ।

रोटेपानी बाट पाईपलाईन बिच्छाएर लगिएको पिउने पानी झ्याम, मनिमारे, बडाढुंगा, कुयापानी, लोरीविनी, डाँडाखुटी लगाएतका गाउँकमा वितरण गरिएको छ । हाल यी सबै गाउँ सुकिदह गाउँपालिका वडा नम्बर ३ अन्तरगत परेका छन् । अहिले पानीको श्रोत घटेको र जनसंख्या तीन गुणा भन्दा धेरै बृद्धि भएपछि पानीमा समस्या भएको स्थानीयहरुले बताएका छन् ।

यहाँ करिब ६ सय भन्दा धेरै घरधुरी बसोबास गर्दै आएका छन् । खानेपानीको मुहानतिर पर्ने सुरुका गाउँहरुमा त्यती धेरै पानीको समस्या नदेखिए पनि फेदमा पर्ने २ यस भन्दा धेरै घरधुरी रहेका कुयापानी, लोरीबिनी र डाडाँखुटीका गाउँमा चरम खानेपानीको समस्या उत्पन्न भएको थानीय शेरबहादुर डाँगीले बताए । उनले २० बर्ष अघि आएको रोटेपानी योजनाले अहिले जनसंख्या बृद्धि भएपछि अपुग भएको बताए ।

‘पानीको श्रोत घट्यो, नयाँ श्रोत छैन,’ डाँगीले भने ‘फागुनदेखि बर्षात सुरु नहुँदासम्म हामीले खानेपानीको चरम शंकट भोग्नु पर्छ।’ त्यस्तै रेशम केसीले गाउँ अग्लो ठाउँमा बसेको हुँदा अन्य कुनै ठाउँबाट त्यहाँ पानी ल्याउन नसकिएको हुँदा समस्या उत्पनन भएको तर्क गरे ।

दुईबर्ष अघि राप्ती नदीको उद्गमस्थदल रहेको स्याउली बजार नजिकै लिफ्ट खानेपानीको लागि सर्भे भएपनि अहिलेसम्म त्यसको थप प्रगती केही नभएको उनले बताए ।

विद्यालय जाँदा पानी बोकेर जानुपर्ने

जिनाबाङमा रहेको सिद्दार्थ माध्यमिक बिद्यालय घोप्टेओढारमा नियमित खाने पानीको ब्यबस्थापन नहुंदा बिध्यार्थी स्वयंले पानीको ब्यबस्था गर्दै आएका छन । विद्यालय पढ्न आउदा संगै पानी बोकेर स्कुल जानुपर्ने बाध्यता रहेको गुणासो विद्यार्थीले गर्दै आएका छन् ।

यसैबीच खानेपानी डिभिजन कार्यालय प्यूठानका प्रदिपलाल कर्णले छिटै ईन्जिनियर पठाएर खानेपानीको समस्या कसरी समाधान गर्न सकिन्छ त्यसवारेमा कदम चाल्ने बताएका छन् । रोल्पा, पुर्वी रुकुम र प्युठान गरि ३ जिल्ला हेर्ने खानेपानी डिभिजन कार्यालय प्यूठानमा यसअघि पनि खानेपानीको समस्याबारे खबर आएको र आन्तरिक काम मिलाउदा ढिला भएको उनले बताए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *