२०८१ माघ १३ गते आइतवार

ब्यबसायीक सुरक्षामा कुनै कमजोरी हँदैन – डिआईजी अधिकारी

 

दाङ,मसिर १९ ।
प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले ब्यबसायीक सुरक्षालाई महत्वको साथ प्रहरीले आत्मसाथ गर्ने बताएका छन् ।

बुधबार तुलसिपुर उधोग बाणिज्य सङघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा डिआईजी अधिकारीले राज्यको प्रमुख मेरुदण्ड व्यवसाय नै भएको हुँदा प्रहरी व्यवसायीक सुरक्षाको लागि गम्भीर बन्ने बताएका हुन ।
देशको आयस्रोत र लगानी गर्ने उधोगी ब्यबसायीहरुको सुरक्षा र ब्यबसायीक सुरक्षालाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखेको उनले बताएका हुन ।

अधिकारीले प्रहरीले अपराध र अपराधिलाई ठेगाउन लगाउन नयाँ रणनीति र प्रबिधिको प्रयोगमा जोड दिने बताए ।
फरक प्रशंगमा उनले विभिन्न शहरहरुमा हर्न निषेध गरिएको हुँदा ध्वनि प्रदुशन कम गर्न र सडक सुरक्षा सुधारको लागि सबैले सहयोग गर्नुपर्ने बताएका थिए ।

त्यस्तै उनले सामुदायीक प्रहरी साझेदारी कार्यक्रमलाई सफल बनाउन उधोगी ब्यबसायी र स्थानीय तहको समेत महत्त्वपूर्ण भूमिका हुनुपर्ने बताए । तुलसिपुर उधोग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष बिमल रिजाल ,बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे,सामुदायीक प्रहरी केन्द्रकी अध्यक्ष नारायणी रजौरे, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी लगायतकाले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख डिआईजी पिताम्बर अधिकारी ,प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी नरबहादुर केसी,ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीलाई स्वागत गरिएको थियो ।

प्रकाशित मिति : २०७५ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *