२०८१ माघ ३ गते बिहिवार

निर्मलाको बलात्कारपछि हत्या प्रकरण : काठमाडौंबाट युवक पक्राउ

मङ्सिर १९ ।
कञ्चनपुरको भिमदत्त नगरपालिकाकी निर्मला पन्तलाई बलात्कार गरी हत्या गरेको आशंकामा प्रहरीले काठमाडौंबाट एक युवालाई पक्राउ गरेको छ। ती युवा निर्मलाको गाउँतिरकै मान्छे भएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी दिए। हाल उनको नाम गोप्य राखिएको छ । पक्राउ परेका व्यक्ति लागूऔषध दुर्व्यसनी हुन् ।

‘उनी घटनाका बेला गाउँमा नै थिए। घटनापश्चात काठमाडौं आएको देखिन्छ। उनको गतिविधिका आधारमा उनी नै संलग्न छन् कि भन्ने शंका भएर हामीले पक्राउ गरेको हो,’ आइजिपी खनालले भने,’पक्राउ गरिएका युवामाथि अनुसन्धान अघि बढाइएको छ।’

उनको डीएनए परीक्षण गरिने प्रहरीको भनाइ छ । घटनाको अनुसन्धान जारी रहेकाले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने, सोधपुछ गर्ने र छोड्ने क्रम चलिरहेको बताउँछन् । ‘अनुसन्धानका लागि एक जना मात्रै होइन, थुप्रै व्यक्ति हामीले नियन्त्रणमा लिएका छौं’, उनले भने ।’ उनले घटनामाथि गम्भीरतापूर्वक अनुसन्धान भइरहेको दाबी गरे ।

प्रकाशित मिति : २०७५ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *