नवलपुर, मंसिर १९ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले लागू अाैषध सहित ४ जनालाई पक्राउ गरेकाे छ । पूर्वपश्चिम लाेकमार्गकाे मध्यविन्दु ८ फुलबारीमा चेक जाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ अाउँदै गरेकाे लु १ ख ७९८५ नम्बरकाे बसमा लागूअाैषध सहित ३ जना पक्राउ परेकाे नवलपुर प्रहरीले जनाएकाे छ।
पक्राउ पर्नेमा चितवनकाे भरतपुर महानगरपालिका २१ का २८ बर्षका अर्जुन सुनार, पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका ८ निवासी ३१ बर्षीय राममिलन केवट र भारतकाे ठूटीबारी घर भई हाल नवलपरासीकाे रामग्राम नगरपालिका ६ निवासी ४१ बर्षीय अमरजित केवट रहेका छन् ।
उनीहरूकाे साथबाट विभिन्न प्रकारका गरि १ हजार २ सय ४९ थान लागूअाैषध बरामद गरेकाे छ । त्यसैगरी गएराति कावासाेती ८ बाट चेकजाँचकाे क्रममा बसमा सवार म्याग्दीकाे धारापानी निवासी २८ बर्षीय कुमार थापालाइ लागू अाैषध सहित पक्राउ गरेकाे छ । उनकाे साथबाट फेनारागन, डाईजापाम, नुफिल गरि १ सय २९ एम्पुल लागुअाैषध बरामद गरेकाे छ ।