२०८१ पुष २९ गते सोमवार

दुर्घटनामा एक जनाको मृत्यु दुइ घाइते

दाङ मङ्सिर १९। दाङको लमहीमा गएराति  मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गढवा –७ मानपुरमा बेला बाट गढवा आउने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २० वर्षीय दिनेश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

चौधरीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँका १८ वर्षीय रोशन चौधरी र १७ वर्षीय महेश चौधरी घाइते भएका छन् । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *