२०८१ माघ ९ गते बुधवार

घोराहीमा ¥यापिड रेस्पोन्स टिम गठन

 

घोराही, मंसिर १८ ।
घोराही उपमहानगरपालिकामा महामारी रोग तथा प्रकोपजन्य रोगहरुको निबारणका लागि तत्काल सुनुवाई गर्न ¥यापिड रेस्पोन्स टिम गठन गरिएको छ । उपमहानगरको स्वास्थ्य शाखाले मंगलबार जनस्वास्थ्य प्रर्बद्धन समितिका संयोजक खोपिराम चौधरीको संयोजकत्वमा ११ सदस्य रेपिड रेस्पोन्स टिम गठन गरेको हो ।

त्यसैगरी वडा स्तरमा पनि समुदाय स्तरीय रेपिड रेस्पोन्स टिम गठन गर्ने निर्णय भएको छ । सम्बन्धीत वडा अध्यक्ष समितिको संयोजक रहने व्यबस्था गरिएको छ । सदस्य सचिबमा स्वास्थ्य संस्था प्रमुख, वडा सदस्य, महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य संस्थाको फोकल पर्सन एक जना सदस्यमा रहने व्यवस्था भएको छ ।

महामारी तथा पिवद व्यवस्थापनका लागि औषधीहरु नारायणपुर स्वास्थ्य चौकी, सैघा, धर्ना, रामपुर र नयाँबजार स्वास्थ्य केन्द्रहरुमा तयारी अबस्थामा राख्ने निर्णय समेत भएको छ ।

कार्यक्रममा नगर प्रमुख चौधरीले कुनैपनि महामारी र विपद आउनै नदिन अपनाउन सकिने उपायहरुको बेलैमा खोजी गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *