२०७७ फाल्गुन १९ गते बुधवार

अपराधी चोख्याउने कार्यमा व्यस्त सरकारः काँग्रेस नेतृ संग्रौला

खगेन्द्र के.सी.
सल्यान, मंसिर १८ ।
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा नेपाल महिला संघकी पूर्व अध्यक्ष डिला संग्रौलाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामा मागेकी छन् । निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेका भन्दै उनले गृहमन्त्रीको राजीनामा मागेकी हुन् ।

प्रेस युनियन सल्यानले मंगलबार सल्यानमा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेतृ संग्रौलाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको महिनौँ दिन बित्दासमेत हत्यारा पत्ता नलाग्नुमा सरकारकै संलग्नता रहेको आरोप लगाइन् । ‘निर्मला पन्तको बलात्कार र हत्यामा प्रधानमन्त्री र गृहमन्त्री बादल कै मान्छेहरुको हात छ,’ नेतृ संग्रौलाले भनिन् ‘त्यसैले गर्दा गृहमन्त्री अपराध ढाकछोप गर्न लागिपरेका हुन् ।’

‘जनतालाई न्याय दिन नसक्ने, तर आफ्नो पोष्टर टाँसेर नयाँ युगको सुरुवात भएको घोषणा गर्ने सरकारका गतिविधि विरोधाभासपूर्ण छन्,’ संग्रौलाले भनिन् ।


त्यसैले गृहमन्त्री थापाले पीडितलाई न्याय दिनुभन्दा अपराधी चोख्याउने काम गरिरहेको उनको आरोप छ । त्यस्तै उनले अहिलेको सरकार अधिनायकवादउन्मुख रहेको बताइन् । निर्मलाको पन्तको न्यायको लागि सडकमा पोस्टर टाँस्दा जबरजस्ती पोस्टर च्यात्ने र धरपकड गर्ने कार्यमा सरकार लाग्नुले त्यसको पुष्टि हुने उनको दाबी थियो । ‘जनतालाई न्याय दिन नसक्ने, तर आफ्नो पोष्टर टाँसेर नयाँ युगको सुरुवात भएको घोषणा गर्ने सरकारका गतिविधि विरोधाभासपूर्ण छन्,’ संग्रौलाले भनिन् ।

त्यस्तै उनले सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाइन् । ‘प्रधानमन्त्रीले भाषणमा भ्रष्टाचार अन्त्यको ढ्वाङ फुके पनि भित्र–भित्रै ठूला ठेकेदार र एनजिओसँग मिलेर जग हसाएका छन्,’ उनले भनिन् । त्यस्तै उनले अहिलेको सरकारले जनताको ढाड सेक्ने गरी कर बढाएर त्यो करबाट महंगा गाडी खरिद गरेको बताइन् । सरकारले कर बढाउने मात्रै काम गरेको तर त्यो अनुरुपको सेवा सुविधा नदिएको भन्दै उनले विरोध गरेकी थिइन् ।

प्रकाशित मिति : २०७५ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *