२०८१ मङ्सिर १८ गते मङ्गलवार

शिक्षा वदल्न सोच वदलौ : शाह

तुलसीपुर, मंसीर १८ ।
प्रदेश नम्वर ५ का शिक्षा निर्देशक जितवहादुर शाहले शिक्षा क्षेत्रलाई वदल्नका लागि सोच वदल्न आवश्यक रहेको वताएका छन् । तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाको आयोजनामा भएको शैक्षिक अन्तक्र्रिया कार्यक्रममा वोल्दै प्रमुख अतिथि शाहले दिमागमा पुरानो सोच राखेर शिक्षा क्षेत्रलाई वदल्न नसकिने कुरामा जोड दिएका थिए । शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकारले विशेष योजना वनाउँदै गरेको वताउँदै शाहले वालवालिकाहरुमा सकारात्मक सोचको विकास घरैबाट गर्नुपर्ने कुरामा जोड दिए ।

परीक्षा पास गरेको आधारमा मात्रै शिक्षक नियुक्त गर्ने सरकारको नीतिले व्यवहारिक शिक्षाको विकास हुन नसकेको वताउँदै शाहले भने “लेखेर मात्रै कहाँ हुन्छ मान्छेको व्यवहार र आदतको पनि उत्तिकै आवश्यकता पर्दछ” । शिक्षामा व्यवहारिकता आवश्यकता रहेको औल्याउँदै निर्देशक शाहले माध्यमिक तह उत्तिर्ण विद्यार्थीले कम्तिमा समुदायसँग सामाजिक सम्वाद गर्ने, समुहमा मिलेर काम गर्ने, तनाव व्यवस्थापनको सीप, घरायसी विभिन्न समस्याको समाधान लगायतका काम गर्न सक्नुपर्ने कुरामा जोड दिएका थिए ।

तुलसीपुर उपमहानगरपालिका भित्र रहेका ८३ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको कार्यक्रममा मनोविज्ञानविद सुशिल कँडेलले अहिलेको शिक्षण सिकाई ठिक नभएकाले यसलाई परिवर्तन गर्न आवश्यक रहेको वताए । कक्षा ५ सम्मका वालवालिकालाई कुनै पनि गृहकार्य दिन नहुने वताउँदै कँडेलले वालवालिकासँगै परिवारलाई पनि शिक्षण गर्न आवश्यक रहेको वताएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि कार्यवाहक नगरप्रमुख माया शर्माले शिक्षा क्षेत्रको परिवर्तनका लागि शिक्षकहरु इमान्दार हुनुपर्ने कुरामा जोड दिइन् । वालवालिकाहरुले कस्तो कुरामा रुचि राख्छन् भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको वताउँदै शर्माले शिक्षकले चाहेमा जस्तो सुकै परिवर्तन पनि ल्याउन सक्ने कुरामा जोड दिइन् । कार्यक्रममा शिक्षा महाशाखा प्रमुख भाष्कर गौतम, शिक्षा संयोजक देवराज विक, प्रधानाध्यापक विष्णु आचार्य, पदम न्यौपाने र गिरीराज लम्साल लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *