दाङ, मंसिर १७ । २७ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस अवसरमा दाङमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । तुलसीपुर उपमहानगर स्तरिय अपाङ्गता समन्वय समितिको आयोजनामा अपाङ्गता क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले ¥याली निकालेका छन् ।
‘मलाई गणना गर,समावेश गर’ भन्ने मुल नारासहित ¥यालीका सहभागिहरुले तुलसीपुर बजारको परिक्रर्मा गरेका थिए । तुलसीपुर उपमहानगरपालिका बाट सुरु भएको ¥यालीका सहभागिहरुले अपाङ्गता भएका व्यक्तिहरुको शसक्तिकरण तथा समावेशिता र समानताको सुनिश्चिता गर्न सरकार संग माग गरेका छन् । यो वर्ष ‘अपांगता भएका व्यक्तिहरूको सशक्तिकरण तथा समावेशिता र समानताको सुनिश्चितता गर’ भन्ने मूल नारासहित दिवस मनाइएको छ । ¥यालीका सहभागिहरुले ‘अपाङगता भएका व्यक्तिहरुलाई आरक्षणको व्यवस्था गर, रोजगारीको व्यवस्था गर’ भन्ने जस्ता प्ले काडै बोकेकाहरुले विभिन्न सचेतना मुलक नारापनि लगाएका थिए ।
अपाङ्ग मैत्री संरचना नहुँदा सास्ती खेप्नु परेको गुणासो
तुलसीपुरका अपाङ्गता भएका एकजना युवा रोषण गिरीले जिल्लामा कतैपनि सरकारी कार्यलयहरु अपाङ्ग मैत्री नभएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । उनले तुलसीपुरमा एउटा पनि पूर्ण रुपमा अपाङ्ग मैत्री कार्यालय नभएको बताए । एउटा मात्रै संरचना अंचल अस्पताल मात्रै सामान्य खालको अपाङ्ग मैत्री रहेको भएपनि त्यसलाई पनि पूर्णरुपमा अपाङ्ग मै त्री भन्न नमिल्ने उनले बताए ।
‘हामी कुनैपनि सरकारी कार्यालयमा कामकाजगले जानुपर्दा घन्टौं कुर्नपर्ने बाध्यता छ,’ गिरीले भने ।
त्यस्तै ¥यालीमा सहभागि अर्का एकजना अपाङ्गता भएका व्यक्ति बच्चुले आफु आइतवार मात्रै मेयरलाई भेटन् उपमहानगरपालिका पुग्दा ३ घन्टा बाहिरै कुर्नु परेको गुनासो गरे । मेयर संग कार्यक्रम वारे छलफलका लागि त्यहाँ पुगेको आफुले धेरै पटक फोन गरेपछि मात्रै मेयर तल ओर्लिएर भेटेको उनले बताए बताए । ‘हाम्रा साथीहरु नागरिकता बनाउन जाँदा होस वा मालपोत कार्यालयमा जग्गा सम्बन्धि काममा जाँदा पाउनु सास्ती खेप्नु परेको छ,’ बच्चुले भने । सरकारले अपाङ्ग मैत्री कुरा मात्रै गर्ने गरेको तर व्यवहारमा त्यो देख्न नपाएको गुणासो उनको थियो ।
हेर्नुहोस भिडियो