२०८१ बैशाख ७ गते शुक्रवार

रोटरी ज्ञानका लागि रोटा क्विजमा दाङ प्रथम


धनगढी, मंसिर १६ ।

रोटरी क्लव अफ धनगढीले अन्तर रोटरी क्लवस्तरीय रोटा क्विज सम्पन्न गरेको छ । रोटरी डिष्ट्रिक ३२९२ रिजन ५ अन्तर्गत जोन २२ मा आवद्ध क्लवहरुको बीचमा उक्त प्रतियोगिता भएको थियो । क्लवमा आवद्ध सदस्यहरुलाई रोटरीसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको रोटरी क्लव अफ धनगढीका उपाध्यक्ष डा. सुशिल भण्डारीले जानकारी दिए ।

तीनवटा क्लवका बीचमा भएको प्रतियोगितामा रोटरी क्लव अफ दाङ प्रथम भएको थियो । साथै सो प्रतियोगितामा रोटरी क्लव अफ तुलसीपुर सिटी द्वितीय र रोटरी क्लव अफ धनगढी सान्त्वना भएका थिए । कार्यक्रममा वोल्दै प्रमुख अतिथि रोटरी डिष्ट्रिक ३२९२ जोन २२ का असिष्टेन्ट गभर्नर प्रकाश भट्टले रोटा क्विज रोटरीको ज्ञान अभिवृद्धि गर्नका लागि महत्वपूर्ण भएको भन्दै यस्तो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ रिजन ५ का रोटा क्विज संयोजक ईन्द्र रिसालले रोटरीको वास्तविक ज्ञान सबै रोटरियनले जान्नुपर्ने बताउँदै भव्यरुपमा कार्यक्रम सम्पन्न गरेकोमा आयोजक क्लव धनगढीलाई धन्यवादसमेत दिए । कार्यक्रममा रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र रोटरी क्लव अफ रुपन्देहीका पूर्व अध्यक्ष तथा रोटा क्विज प्रतियोगिताका सहजकर्ता दुर्गा पोख्रेलले पनि रोटा क्विज भव्यरुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरे ।

ईन्द्र रिसाललेकै अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ धनगढीका पूर्व अध्यक्ष महेश बिष्टले स्वागत गरेका थिए भने पूर्व अध्यक्ष डा. गणेश बहादुर कार्कीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा उपस्थित अतिथिहरुलाई आयोजक क्लवका निवर्तमान अध्यक्ष दीर्घराज उपाध्यायले मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमको सहजीकरण महासचिव हरिशंकर ठाकुरले गरेका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *