तुलसीपुर, १६ मंसिर ।
तुलसीपुर प्रजातान्त्रिक उद्योगी व्यवसायी संघको अध्यक्षमा प्रतिष्ठित ब्यवसायी जनकप्रसाद खराल सर्वसम्मत चयन भएका छन् । शनिबार संघको तुलसीपुरमा भएको तेस्रो साधारणसभा तथा अधिवेशनले पुनः खरालकै नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।
काँग्रेस निकट ब्यवसायीहरुको साझा संगठनको रुपमा रहेको संघ ब्यवसायीको हकहितमा काम गर्दै आएको छ ।
चार वर्ष अघि स्थापना भएको संघको खराल संस्थापक अध्यक्षसमेत हुन् । उनकै अध्यक्षतामा साधारणसभाले ४१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
साधारणसभाले संघको उपाध्यक्षमा तीन जनालाई चयन गरेको छ । उपाध्यक्षमा पूर्णप्रसाद धिताल, गोकर्णप्रसाद गिरी, बलिराम खत्री रहेका छन् । संघको महासचिवमा युवा ब्यवसायी झलक केसी, सचिव डिल बहादुर वली, कोषाध्यक्षमा अम्मरराज लामिछाने, सह–कोषाध्यक्षमा पहल बहादुर रोकाय चयन भएका छन् ।
अधिबेशनले सदस्यहरुमा रोमकान्त पाण्डे, होमप्रसाद गौतम, डिल्लीराज भण्डारी, बेणु अधिकारी, प्रेम प्रकाश गिरी, कमल गौतम, बलदेव बस्नेत, मेघराज न्यौपाने, नविन बुढाथोकी, सञ्जिव भण्डारी, गणेश न्यौपाने, अशोक भण्डारी, तीर्थबहादुर डाँगी, हरिकुमार श्रेष्ठ, विष्णु रिजाल, चिन्तामणि गिरी, दुर्गा वली, बसन्त रेग्मी, चक्र परियार, झुपलाल खड्का, बेदबहादुर बस्नेत, उमा डाँगी, दिपेश भण्डारी, शिव भट्टराई, प्रमोद बस्नेत, केशवराज केसी, धमेन्द्र बैश्य, जनक बुढाथोकी, सन्दिप गुप्ता, तस्विर अलि, देवराज पाण्डे, सुरज गुप्ता, ऋषिराज भण्डारीलगायतकालाई चयन गरेको निर्वाचन समितिका संयोजक मोहन धितालले जानकारी दिए ।