२०८० चैत्र १६ गते शुक्रवार

सुर्खेतमा बस दुर्घटनामा एकको मृत्यु, ४५ घाइते

सुर्खेत,  मङ्सिर  १५ । सुर्खेतमा यात्रुवाहक बस दुर्घटना हुँदा एकको मृत्यु  ४५ जना घाइते भएका छन् । मृत्यु हुनेमा लेकबेंशी–८ गन्नेपानीकी जानकी दर्लामी रहेको प्रहरीले बताएको छ । वीरेन्द्रनगर, कटकुवामा बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् । वनभोज खाएर फर्कदै गरेको भे१ख ८५९ नम्बरको बस कपासे नजिकै मोडमा दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुर्घटनाका घाइते ई उद्धार गरी अस्पताल पठाइएको र उनीहरुको वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल कालागाउँ, माया नर्सिङ होम तथा देउती असपतालमा उपचार भइरहेको छ  । दुर्घटनास्थलमा छ जनाभन्दा बढी गाडीमुनि च्यापिएकाले उनीहरुलाई निकाल्ने प्रयास भइरहेको बताइएको छ । जनजागृति युवा क्लब लेकबेंशी–८ गन्नेपानीको वनभोज टोली दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २०७५ मङ्सिर १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *