
दाङ, मंसिर १५ । मानव अधिकार तथा शान्ति समाजको महासचिवमा पत्रकार सुशिल बस्नेत चयन भएका छन् ।
समाजको विराटनगरमा शनिवार भएको २१औं राष्ट्रिय परिषदले रेडियो तुलसीपुरका समाचार सम्पादक समेत रहेका बस्नेतलाई महासचिवमा सर्वसहमतिमा चयन गरेको हो । यो संगै बस्नेतलाई मोफसल बाट महासचिव बन्ने अवसर प्राप्त भएको छ । त्यस्तै राष्ट्रिय परिषदले समाजको सभापतिमा उत्तम पुडासैनी र बरिष्ठ उपाध्यक्षमा गोविन्द खनालपनि सर्वसहमतिमा चयन गरिएका छन् ।
यसैबीच शान्ति समाज दाङ शाखा देशकै उत्कृष्ट शाखाको रुपमा घोषित भएको छ । गत वर्षपनि दाङ उत्कृष्ट शाखाको रुपमा घोषित भएको समाज दाङका सभापति शरद रेग्मीले जानकारी दिए ।
प्रकाशित मिति : २०७५ मङ्सिर १५ गते शनिवार