घोराही, १४ असोज ।
निर्माण व्यवसायी महासंघ प्रदेश नम्बर ५ को अध्यक्षमा बलिभद्र राना सर्वसम्मत चयन भएका छन् । महासंघको दाङमा सम्पन्न प्रथम अधिवेशनले रानालाई आगामी तीन बर्षको लागि अध्यक्षमा चयन गरेको हो । महासंघको बरिष्ठ उपाध्यक्षमा सुरेश चन्द निर्वाचित भएका छन् । उपाध्यक्षमा मञ्जु भुसाल, नवीन ज्ञवाली, देवीलाल न्यौपाने, यज्ञबहादुर खत्री, नवराज श्रेष्ठ र रविन्द लम्साल छन् ।
त्यस्तै अधिवेशनले महिला उपाध्यक्षमा गंगा पोखरेल, महासचिवमा प्रकाश शाहलाई चयन गरेको छ । त्यस्तै नीतिगत कार्यभार उपमहासचिवमा टिकाबहादुर श्रेष्ठ (सन्तोष), आन्तरिक कार्यभार उपमहासचिवमा पवनकुमार कुँवर र प्रशासनिक उपमहासचिवमा दिनेशकुमार हमाल चयन भएको मुख्य निर्वाचन अधिकृत कृष्ण बहादुर पोख्ररेलले जानकारी दिए ।
कोषाध्यक्षमा त्रिभुवन दत्त मिश्र, सह–कोषाध्यक्षमा प्रकाश बस्नेत, खुल्ला सदस्यहरुमा जविन कक्षपती, ढुण्डीराज पोख्रेल, भागवत गिरी, बिमलमान श्रेष्ठ, सन्तोष बिएम, दिपककुमार श्रेष्ठ चयन भएको मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।
अधिकृत पोखरेलका अनुसार एसोसिट सदस्यमा बामदेव रेग्मी, महिला सदस्य नलिन गौतम भुसाल, बस्तुगत सदस्य अजय राना, मधेशी, मुस्लिम र पिछडा वर्गबाट रमेशकुमार मिश्रा र जनजाति सदस्यमा सुजन श्रेष्ठ छन् । प्रदेश नम्बर ५ ले देशभरका सातैवटा प्रदेशमध्ये सबैभन्दा पहिले नयाँ नेतृत्व चयन गरेको हो । निर्माण व्यवसायी महासंघ प्रदेश नम्बर ५ को प्रथम अधिवेशन घोराहीमा भएको थियो ।