दाङ, असोज २० गते । कन्चनपुरकी वालिका निर्मला पन्तको बलत्कार पछि हत्या गरिएको विरोधमा लमहीमा विरोध शुरु भएको छ । शुक्रवार लमहीका विभिन्न महिला संघसंस्थाहरुले निर्मला पन्तको हत्या भएको लामो समय वित्ता समेत दोषि पत्ता लाग्न नसक्नुले न्याय मरेकोले आभास भएको भन्दै निदारमा कालोपट्टी बान्दै विरोध जनाएका हुन । लमहीको सार्वजनिक बगैचावाट शुरु भएको बिरोध ¥यालीले लमही बजारका विभीन्न भागको परिक्रमा गरि कोणसभामा परिणत भएको थियो ।
मनकामना महिला सहकारी संस्थाकी अध्यक्ष गोमा बस्नेतको अध्यक्षता तथा लमही नगरपालिकाकी उप प्रमुख तथा न्यायिक समितिकी संयोजक देवका बेल्वासेको प्रमख आतिथ्यतामा भएको कोणसभामा भएको कार्यक्रममा प्रमुख अतिथी बेल्वासेले न्याय मर्न नदिन निरन्तर अबरदारी आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बोल्ने बत्ताहरुले छोरीहरु सुरक्षित नरहेको भन्दै सरकारले न्याय दिलाउन नसकेको बताएका थिए ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रकी योगमायाँ शाही,सामुदायिक रेडियो प्रसारक संघका पाँनम्बर प्रदेशका अध्यक्ष केपी घिमिरे, पत्रकार लिला शाहा,लक्ष्मी योगी,शोभा घिमिरे,गंगा चौधरी लगायतले बोल्नु भएको थियो ।