२०८० चैत्र १६ गते शुक्रवार

संविधान कार्यन्वयन र समृद्धिको यात्रा प्रारम्भ भयो : प्रदेश सभामुख घर्ती

वुटवल, १२ मंसिर । प्रदेश सभा प्रदेश नंं ५ का सभामुख पूर्णबहादुर घर्तीले गणतन्त्रको संस्थागत विकाश, संविधानको कार्यन्वयन गरेर समृद्धिको यात्रा प्रारम्भ गर्नुपर्ने बताउनुभएको छ । विगतका वर्षहरु राजनीतिक आन्दोलन र अधिकार प्राप्तिको वर्ष भएको भन्दै उहाँले अव सुखी नेपाली र समृद्ध नेपाल निर्माणका वर्षहरु हुने धारणा राख्नुभयो । वुटवल मिडिया प्रकाशन प्रा.लि.द्धारा सञ्चालित दैनिक पत्र पत्रिकाको १५ आँै वार्षिक उत्सवको अवसरमा वुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि घर्तीले गणतन्त्र प्राप्ति पछि तिनतहको निर्वाचन सम्पन्न भई संविधान कार्यन्वयन, ऐन कानून निर्माण भइरहेको भन्दै योसँगै विकाश र समृद्धिको यात्रा पनि प्रारम्भ भएको धारणा राख्नुभयो । संविधानको मौलिक हकमा नै शिक्षा, स्वास्थ्य, रोजगार, समानता जस्ता हकहरु ग्यारेन्टी गरिएको भन्दै उहाँले संघीयता समावेशी, समानुपातिक सहभागिता संविधानमा उल्लेख हुनु ठूलो उपलब्धि भएको पनि चर्चा गर्नुभयो ।

दीगो विकास, बेरोजगारीको अन्त्य, भ्रष्टाचार न्यूनीकरण गर्दै लगानी मैत्री वातावरण बनाएर राष्ट्रिय, अन्तराष्ट्रिय लगानी मार्फत समृद्धिको यात्रा तय गर्नु पर्ने भन्दै उहाँले नीतिगत र व्यवहारिक कार्यलाई सँगसँगै लाग्नुपर्ने पनि आँैल्याउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै प्रदेश सभा प्रदेश नंं ५ का विपक्षी दलका नेता एवं नेपाली काङग्रेसवाट प्रदेश सभा सदस्य बलदेव शर्मा पोख्रेलले पत्रकारिता निश्पक्ष र व्यवसायीक हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्व सांसद रामचन्द्र भट्टराई, पत्रकार महासंघ प्रदेश न.ं ५ का उपाध्यक्ष भरत केसी लगाएतले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत गर्दै पत्रिकाका सम्पादक बालकृष्ण चापागाईले अवको पत्रकारिता मिसन सहितको व्यवसायीकता हुनेमा पनि जोड दिनुभएको थियो । वुटवल मिडिया प्रकाशन प्रा.लि.का अध्यक्ष महेशमान सिंहको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत पत्रिकाका समाचारदाता सीपी खनालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *