२०८१ बैशाख १९ गते बुधवार

डडेल्धुरा बस दुर्घटना १८ जनाको मृत्यु (अपडेट)

डडेल्धुरा, मंसिर ७ ।

डडेल्धुरा, मंसिर ७ । डडेलधुरामा स्कुल बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । डडेल्धुराबाट उग्रतारा मेला हेरेर डोटी फर्किँदै गरेको से १ ख २९३ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

उग्रतारा मन्दिरमा मेला हेरेर फर्किने क्रममा के आई सिंह राजमार्ग अन्तर्गत डडेलधुराको रडुवा खोलामा बस दुर्घटनामा परेको हो । बस भीरबाट ३ सय मिटर तल खस्दा १८ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५ जना महिला र १३ जना पुरुष रहेका छन् । घाइते १३ जना रहेका छन् । ८ जनालाई नेपालगञ्ज पठाइएको छ भने बाँकीको उपचार धनगढीमा उपचार भइरहेको छ । डोटीको एक स्थानीय पीस जोन बोर्डिङ स्कुलको बस भएको प्रहरीले जनाएको छ । बोर्डिङ स्कुलको बस भएपनि मेला भर्न पुगेका स्थानीय बसमा सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाईते भएकाहरुको उद्धार गरी उपचारका लागि उपक्षेत्रीय अस्पताल पठाइएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताएका छन् । गाडी करिब तीन सय मिटर तल खोलामा खसेकाले यात्रुहरु अझै धेरै घाईते तथा मृत्यु भएको हुन सक्ने जोशीले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत स्थानीयहरुबाट उद्धार कार्य जारी रहेको बताएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *