२०८० चैत्र १६ गते शुक्रवार

चर्च बनाउन मेटमणि चौधरीले दश लाख दिए

दाङ, मंसिर ६ ।
उनको पूर्खाले परापूर्वक कालदेखि हिन्दूधर्म मान्दै आएको छ । थारु जातिको आफ्नै मौलिक कला र संस्कृति छ । मौलिक कला र संस्कृतिको धनी एउटा जाति थारु समुदाय हो । थारु समुदायको आफ्नै भूह्याँर थान, देउठन्वा छन् । जो उचित संरक्षणको अभावमा नाश हुने अवस्थामा पुग्न थालेका छन् । उचित संरक्षणको अभावले र आयातित धर्मप्रतिको आकर्षणका कारणले गर्दा थारु जातिको मौलिक कला र संस्कृति, रितिरिवाजभित्रका कति कुराहरु आज लोप हुने अवस्थामा पुगि सकेको छ । त्यसैले थारु जातिभित्रका कतिपय व्यक्तिहरुले त्यो संरक्षणको लागि हारगुहार गर्दै आएका छन् । त्यसप्रति चासो र चिन्ता व्यापक रुपमा बढ्दो छ ।

तर दाङबाटै निर्वाचित एकजना थारु समुदायका जनप्रतिनिधिले भने चर्च निर्माणको लागि दश लाख रुपैयाँ बजेट छुट्याएका छन् । जसले आफ्नै कुल देवताको लागि भने एक रुपैयाँ पनि छुट्याएका छैनन् । दाङको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले क्रिश्चियन धर्मालम्बीहरुको लागि चर्च निर्माण गर्न दश लाख रुपैयाँ छुट्याएपछि थारु समुदायभित्रकै कतिपय व्यक्तिहरुले त्यसको विरोध गर्न थालेका छन् ।


स्थानीय पूर्वाधार विकास कोषमार्फत खर्च गर्नुपर्ने चार करोड बजेटमध्ये प्रतिनिधिसभा सदस्य चौधरीले क्रिश्चियनहरुको लमही नगरपालिका वडा नम्बर ६ खैरीमा रहेको प्रार्थना मण्डलीको भवन निर्माण गर्न दश लाख बजेट बिनियोजन गरेका छन् । उनले छनौट गरेका अन्य २० योजनामा आफ्नै कुल देवता तथा धर्म संस्कृतिको लागि एक रुपैयाँको पनि छुट्याइएको छैन ।


स्थानीय पूर्वाधार विकास कोषमार्फत खर्च गर्नुपर्ने चार करोड बजेटमध्ये प्रतिनिधिसभा सदस्य चौधरीले क्रिश्चियनहरुको लमही नगरपालिका वडा नम्बर ६ खैरीमा रहेको प्रार्थना मण्डलीको भवन निर्माण गर्न दश लाख बजेट बिनियोजन गरेका छन् । उनले छनौट गरेका अन्य २० योजनामा आफ्नै कुल देवता तथा धर्म संस्कृतिको लागि एक रुपैयाँको पनि छुट्याइएको छैन ।

दाङ देउखुरी थारु बहुल क्षेत्र हो । त्यसमा पनि बुहसंख्यक थारुको बसोबास देउखुरी क्षेत्रमा रहेको छ । त्यस्तै उनले सबैभन्दा बढी नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पतालको भौतिक पूर्वाधार निर्माण र गढवा बहुमुखी क्याम्पसको भौतिक निर्माणको लागि ५०÷५० लाख बजेट छुट्याएका छन् ।

तत्कालिन नेकपा एमालेका दाङ जिल्ला इञ्चार्ज समेत रहेका चौधरीले चुनावको समयमा भने खरको छानो विस्थापित गर्ने नारालाई प्रमुख रुपमा उठाएका थिए । निर्वाचन जितेपछि असारभित्रै सबै घरहरुमा खरको छाना विस्थापित गरेर जस्तापाता लगाइदिने उनले प्रतिवद्धता जनाएका थिए । तर उक्त शीर्षकमा उनले हाल एक रुपैयाँ पनि छुट्याएका छैनन् । चौधरी बाहेक दाङमा अन्य कुनैपनि प्रतिनिधिसभा सदस्यहरुले चर्चको लागि यसरी बजेट विनियोजन गरेका छैनन् ।

 

प्रकाशित मिति : २०७५ मङ्सिर ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *