दाङ। दाङमा वितेको दश महिनामा १ सय ५१ मानवअधिकार उल्लघनका घट्नाहरु घटेका छन । जसमा सवैभन्दै धेरै ५१ वटा बलात्कारका घट्नाहरु रहेका छन । त्यसमा आफन्त र चिनजानका व्यक्तिहरुको संलग्नता पाइएको प्रतिवेदनमा उल्लेख छ । परिवारकै सदस्य, बाजे, सौतेलो बाबु, नजिकका चिनजाका व्यक्तिहरुले बलात्कारका घटना घटाएको प्रतिवेदनमा छ ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक) दाङले शनिवार घोराहीमा आयोजना गरेको कार्यक्रममा दश महिनाको अवधिमा ७ जनाको हत्या भएको छ भने तीन जनालाई बोक्सीको आरोपमा दुव्र्यवहार गरिएको छ । त्यस्तै तीन जनालाई कथित छुवाछुतको आरोपमा दुव्र्यवहार, ८ जनालाई अपहेलना, ५ वटा घट्नामा गैरकानुनी हिरासत, दुई जनालाई हिरासतको क्रममा प्रहरीले यातना दिएको इन्सेकको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसैगरि जिल्लामा तीन वटा तोडफोडका घट्ना, ६ वटा घट्ना दुव्र्यवहारका भएका छन । जिल्ला प्रतिनिधी सागरका अनुसार ५१ वटा घट्नामा कुटपिट, ११ पटक बन्द÷ हडताल भएका छन । १ सय ५१ मानवअधिकार उल्लघनका घट्नामा १ सय ७० जना पीडित भएका छन । जसमा धेरै १ सय ४१ जना महिला र २९ जना पुरुषहरु पीडित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । १ सय ५१ मानवअधिकार उल्लघंनका घट्नाहरु मध्य १ सय ४१ गैरराज्य तथा दश वटा घट्ना राज्यपक्षवाट घटाईएको जिल्ला प्रतिनिधिले कार्यक्रममा जानकारी गराएका थिए । बर्ष जिल्लामा तीन जनाले श्रीमतिको हत्या तथा एक जना बुहारीले सासुको हत्या गरेको इन्सेकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मानवअधिकार जिल्ला सञ्जाल दाङका संयोजक केशवकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रमका बक्ताहरुले अहिले पनि समाजमा छोरी अुसुरक्षित भएको बताएका थिए । समाजमा कथित बोक्सी, छुवाछुतलगायका घट्नाहरु महिलाहरुमाथि हुने गरेको उनीहरुले बताएका थिए । कार्यक्रममा बोल्दै दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिश हेमन्त रावलले मानवअधिकारका घट्ना न्यूनिकरणका लागि राज्यले कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउनु पर्ने उल्लेख गरे ।
राज्य संयन्त्र कमजोर हुने हुदा समाजमा अपराधका घट्नाहरु बढ्ने भन्दै रावलले घट्ना न्यूनिकरणका लागि सुरक्षासँगै कानुनको प्रभावकारी कार्यान्वयन हुन आवश्यक रहेको उनले बताए । त्यस्तै कतिपय अवस्थामा अपराध कानुनकोे अभावमा अपराधिहरुले छुट पाउने अवस्था रहेको भन्दै उनले त्यस्तो अवस्था हुन नदिन राज्यले नयाँ कानुन बनाएर दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका थिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका मनोहर बुढाथोकी, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष महेश रिजाल, जिल्ला करागारका फर्साराम भुसाल, वडा प्रहरी कार्यालय दाङका प्रमुख रञ्जन अवा, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, मानवअधिकारकर्मी श्रीमणी न्यौपाने, महेन्द्र बहुमुखी क्याम्पस घोराहीक निमित्त क्याम्पस प्रमुख सुदर्शन रिजाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।