डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन । भागेश्वरबाट डडेल्धुरातर्फ आउँदै गरेको म १ ज १८० नं को जीप भागेश्वर गाउँपालिका–४ मा दुर्घटना भएको हो ।
दुर्घटना परी घाइते भएकाको उद्वारका लागि प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर केसीले बताए । दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत भएको छैन । दुर्घटनाको कारण पनि खुल्न नसकेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७५ मङ्सिर १ गते शनिवार