२०८१ माघ ३० गते बुधवार

५ न. प्रदेश प्रहरी कार्यालय गुल्ममा सर्‍यो

५ न. प्रदेश प्रहरी कार्यालय । फोटो : फरक कोण

पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले शुक्रबार आफ्नो कार्यालय सारेको छ।

स्थापनाकालदेखि प्रदेश प्रहरी कार्यालय भाडामा बस्दै आएको थियो। तुलसीपुर–सितलपुर सडक खण्डको स्टार चोक नजिकै मासिक ६५ हजार भाडामा बस्दै आएको कार्यालय शुक्रबारदेखि तुलसीपुरकै पुरानो गुल्ममा सारिएको छ।

यो सँगै अबदेखि प्रदेश प्रहरीलाई व्ययभारसमेत केही हलुंगो हुने भएको छ। यद्यपी प्रदेश प्रहरी प्रमुख एवम् डिआईजीको निवास भने अझै भाडामै बस्दै आएको छ। तुलसीपुरको सितलपुर चोक नजिकै मासिक ५५ हजार भाडा तिरेर डिआईजीको निवासको व्यवस्थापन गरिएको प्रदेश प्रहरी प्रवक्ता पुष्पराज मल्लले जानकारी दिए।

नेपाल सरकारको २०७४ साल साउन ३२ गतेको निर्णय अनुसार दाङमा ५ नं. प्रदेशको प्रदेश प्रहरी कार्यालय स्थापना गर्ने निर्णय भएको थियो। भदौ १४ गतेदेखि प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा बस्न थालेको हो।

सुरूमा तत्कालिन अञ्चल प्रहरी कार्यालय तथा संघीय प्रहरी ईकाई कार्यालयमा प्रदेश प्रहरी कार्यालय बसेको थियो। त्यसको केही समय पछि प्रदेश प्रहरी प्रमुखको आवास र प्रदेश कार्यालय मासिक १ लाख २० हजार भाडा तिरेर बस्दै आएको थियो।

प्रदेश प्रहरी कार्यालय तुलसीपुरस्थित पुरानो गुल्ममा सारिएपछि अब प्रहरीलाई ६५ हजार मासिक भाडा तिर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

एआईजी मिङमार लामा प्रथम प्रदेश प्रहरी प्रमुखका रुपमा दाङ आएका थिए। जो उमेर हदका कारण अवकास भइसकेका छन्। हालसम्म एक वर्षको अवधिमा तीन जना प्रदेश प्रहरी प्रमुखको सरुवा भइसकेको छ।

हाल प्रदेश प्रहरी प्रमुखको रुपमा डिआईजी पिताम्वर अधिकारी छन्।

प्रकाशित मिति : २०७५ कार्तिक ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *