२०८१ बैशाख ८ गते शनिवार

एक महिनामा १४ जनाको हत्या

दाङ  ।
बितेको एक महिनाको अवधिमा ५ नं. प्रदेशमा १४ जनाको हत्या भएको छ । त्यसमध्य गोली प्रहार गरि २ जनाको हत्या गरिएको छ । त्यस्तै कर्तव्य गरि ९ पुरुष र ५ महिलाको हत्या भएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ । ती घटनामा संलग्न मध्य ३१ जना पुरुषलाई पक्राउ गरिएको प्रदेश प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक पुष्पराज मल्लले फरक कोणलाई जानकारी दिए ।

यो अवधिमा ५ नं. प्रदेशमा ४१ वटा कुटपिटका र ८ वटा चक्कु तथा छुरी प्रहारका घटनाहरु भएका छन् । त्यसबाट ७० जना पुरुष र १२ जना महिना घाइते भएका थिए । ती घटनामा संलग्न रहेका ४४ पुरुष र ८ महिला गरि ५२ जना एक महिनाको अवधिमा पक्राउ परेको प्रवक्ता मल्लले बताए ।

बर्दिया जिल्लामा लुकाई छिपाई राखेको एउटा भरुवा बन्दुक र एउटा कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ । अवैध हतियार राखेको अभियोगमा १ जनालाई प्रक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । बढैयाताल गाउँपालिका वडा नं. १ गुरुङ टोल निवासी दुर्गाबहादुर वलीको जग्गामा स्काभेटरले माटो खन्ने क्रममा प्लाष्टिकको बोरामा बेरेर गाडि राखेको अवस्थामा एक थान भरुवा बन्दुक बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *