२०८१ माघ ३ गते बिहिवार

टिप्परले मोटरसाईकललाई ठक्कर दिदा एकजनाको मृत्यु

दाङ।

दाङको तुलसीपुर– घोराही सडक खण्डमा मंगलवार मध्यान्हतिर टिप्परले मोटरसाईकललाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ भने चालक गम्भीर घाईते भएका छन् ।

घोराहीवाट–तुलसीपुर तर्फ आउँदै गरेको रा १ क ५८२ नम्बरको टिप्परले तुलसीपुर तर्फ नै आइरहेको रा ३ प ८०८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार घोराही उपमहानगरपालिका वडा नं. १६ निवासी ४० बर्षीय तेजबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी प्रवक्ता रामप्रशाद घर्तीले खत्रीको मृत्यु घटनास्थलमै भएको फरक कोणलाई बताए । उक्त दुर्घटनामा परि मोटरसाईकल चालक ३५ बर्षीय ३५ बर्षीय तेजबहादुर गिरी गम्भीर घाइते भएका छन् । गिरीको उपचार घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।

टिप्परले मोटरसाईकललाई घोराही १६ राउतगाउँ चोकमा ठक्कर दिएको प्रहरीले बताएको छ । तर टिप्परका चालकले भने मोटरसाईकलले ओभरटेक गर्न खोज्दा उक्त दुर्घटना भएको प्रहरी समक्ष दाबी गरेका छन् । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *