२०८१ फाल्गुन २ गते शुक्रवार

सल्यानका पत्रकारले गुफामा बैठक गर्दै

 

सल्यान, २६ कार्तिक । पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुर्याउने उद्देश्यले नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको मंगलवारको बैठक गुफामा गर्ने निर्णय भएको छ । 

बस्ने भएको छ । छत्रेश्वरी गाउँपालिकाको लेखपोखरा स्थित चाँदनी साततले गुफामा  मंगलबार महासंघको बैठक बस्ने निर्णय पारित भएको सचिव शंकर केसीले जानकारी दिए । 

महासंघका जिल्ला अध्यक्ष प्रतिक इच्छुक शर्माले उक्त बैठक मार्फत वार्षिक साधारण सभाको मिति तय गर्ने  ,स्थापना दिवस मनाउने लगाएतका निर्णय गर्ने जानकारी दिए । पर्यटकीय स्थलहरुको राम्रो संभावना भएको चाँदनी गुफालाई चर्चामा ल्याउन  गुफामा जिल्ला भरका पत्रकार पुगेर बैठक गर्ने निर्णय भएको शर्माले जानकारी दिए । ‘ हाम्रो उदेश्य गुफाको महत्व उजागर गर्नु हो । चाँदनी गुफा एउटा प्रमुख गणतव्य स्थल हो भनेर चिनाउनु हो ।’ शर्माले भने । मंगलवार विहान १० बजे महासंघको  बैठक गुफामा शुरु हुने सचिव केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ कार्तिक २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *