२०८२ चैत्र २६ गते बिहिवार

दुई साताको युद्धविराम

दाङ, चैत २५ ।

अमेरिका र इरानबीच युद्धविराम गर्ने सहमति भएको छ।
यो सहमतिले कच्चा तेलको मूल्य १७ प्रतिशतभन्दा बढीले घटेर करिब ९२ डलर प्रति ब्यारेलमा झरेको छ। जसबाट विश्वले नै राहात पाउने छ ।
करिब ६ हप्तादेखि जारी युद्धमा एक दर्जन देशमा पाँच हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । इरानमा मात्रै एक हजार ६ सय भन्दा बढीले ज्यान गुमाएको रायटर्सले उल्लेख गरेको छ ।
युद्ध विराम भए संगै दुई देशबीच १५ दिनभित्र पाकिस्तानको राजधानी इस्लामावादमा वार्ता हुने तय भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बिहान आफ्नो सामाजिक संजाल मार्फत दुई साताको लागि युद्धविरामको सहमति भएको कुरा लेखेका छन् ।
यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई स्ट्रेट अफ हर्मुज खुला गर्न बुधबार बिहानसम्मको अल्टिमेटम दिएका थिए। त्यसो नभए सम्पूर्ण इरानी सभ्यता नै ध्वस्त पार्ने धम्की दिएका थिए।

त्यो अल्टिमेटम सकिन दुई घन्टा बाँकी हुँदा युद्धविरामका लागि सहमति भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

ट्रम्पले इरानी सभ्यता नै सखाप पार्ने धम्की दिएपछि पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले रातभरि दुवै पक्षसँग संवाद गरेका थिए।

प्रस्तावमा अहिलेको युद्ध मात्रै नभएर खाडी क्षेत्रमा जारी सबै द्वन्द्वको अन्त्य, हर्मुजमा सुरक्षित आवतजावतका लागि एउटा मापदण्ड, इरान विरूद्ध लगाइएका प्रतिबन्धहरूको फुकुवा र पुनर्निर्माणका कुराहरू समेटिएका छन् ।
इरानले इजराइलबाट आक्रमण रोकिए स्ट्रेट अफ हर्मुज खुला गर्ने संकेत गरेको छ।

प्रकाशित मिति : २०८२ चैत्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *