
न्युयोर्क भदौ १० – राप्ती सेवा समाज न्युयोर्क द्वारा आयोजित तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजको अवसरमा आयोजित कार्यक्रममा समाजका सदस्यहरू, विभिन्न क्षेत्रका व्यक्तित्वहरू, तथा सांस्कृतिक प्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा परम्परागत तीजका भजन, नृत्य, तथा सांस्कृतिक प्रस्तुत गरिएको थियो। महिलाहरूले रातो पहिरनमा सजिएर तीज गीतमा नाच्नु का साथै भरिपूर्ण रमाइलो गरेका थिए। साथै, कार्यक्रममा महिलाहरूका लागि विशेष दर भोजको पनि व्यवस्था गरिएको थियो। उक्त कार्यक्रम मा चर्चित गायक तिलक ओली , दीपेन्द्र डाँगी , गेहेन्द्र खड्का लगायतले आफ्नो प्रस्तुति राखेका थिए ।
राप्ती सेवा समाजका अध्यक्ष दीपक भट्टराईले तीज पर्वको सांस्कृतिक र सामाजिक महत्व माथि प्रकाश पार्दै महिलाहरूको एकता र सशक्तिकरणका लागि यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताए। कार्यक्रमले समाजमा सांस्कृतिक जागरण ल्याउनका साथै आपसी भाइचारा र मेलमिलाप प्रवर्द्धन गर्न मद्दत पुर्याएको बताए ।



























