२०८२ माघ २५ गते आइतवार

अमेरिकामा यसरी मनाइयो दशैँ

अमेरिकामा रहेका नेपालीहरुले विजयादशमी मनाएका छन । विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाएका छन ।

दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद मान्यजनबाट लगाइन्छ । विजयादशमीमा स्वदेश तथा विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाएका छन् ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अमेरिकामा बिभिन्न समयमा उत्तम साइत रहेको जनाएको थियो ।

अमेरिकामा रहेका नेपालीले टीका लगाएरको तस्बिरहरु उनीहरुकै सामाजिक संजालबाट संकलन गरेका छौं । 

प्रकाशित मिति : २०८१ असोज २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *