२०८१ भाद्र २३ गते आइतवार

स्वास्थ्य शिविर बाट स्थानीय लाभान्वित

दाङ,फागुन १९ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० वन्गैं गाउँमा निशुल्क स्वास्थ्य शिविर बाट स्थानीयले लाभ लिएका छन् । प्रयोगशाला शिविरमा स्थानीय झन्डै २०० बढी सर्वसाधारणले स्थाइराईड, सुगर,फास्टिङ लगाएतका रोगहरुको सेवा प्राप्त गरेका थिए । शिविरमा एकजना चिकित्सक, दुईजना नर्स र ल्याव असिष्टेन्ट सुरज ज्ञवाली लगाएतले सेवा प्रदान गरेका थिए ।

शान्ति टोल विकास संस्थामा भएको शिविर स्थानीय युवा दिनेश जंग शाहको आयोजनामा भएको शिविरमा प्राविधिक र औषधीको सहयोग भने जिनोमिक डाइग्नोष्टिक ल्यावोरेटोरी तुलसीपुर गरेको थियो ।

त्यसमा शाह एक्लैले निजी १५ हजार जति खर्च भएको जानकारी दिए । यसैबीच आगामी शनिवार यस्तै शिविर तुलसीपुर वडा नं. १० को बनगाउँमा आयोजना गरिने आयोजक शाहले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७५ फाल्गुन १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *