२०८३ असार २७ गते शनिवार

न्यूयोर्कमा तीज विशेष कार्यक्रम हुदै


नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा अमेरिकाको न्यूयोर्कमा तीज विशेष कार्यक्रम हुने भएको छ । राप्ती सेवा समाज न्यूयोर्कको आयोजनामा तीज कार्यक्रम हुन लागेको हो । नेपाली संस्कृतिको संरक्षण, संवर्द्धन गर्दै नयाँ पुस्तालाई नेपाली कला संस्कृतिसँग जोड्न तीज विशेष कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।

साबिक राप्ती बासीको एकताका लागी कार्यक्रम आयोजना गरिएको र प्रवासमा रहेर पनि आफ्ना चाड पर्व रीतिरिवाज र संस्कृति बचाइ राख्न कार्यक्रमको आयोजना गरिएको भट्टराईले जानकारी दिए ।

कार्यक्रम अगस्त २५ तारिख सोमवार का दिन तिब्बतियन कम्युनिटि सेन्टर हल उडसाईड न्यूयोर्कमा साँझ ७ बजेदेखि २ बजे सम्म हुने लागेको हो । कार्यक्रममा मौलिक गायन तथा नृत्य,नेपाली लोक संस्कृति झल्कने तीज विशेष प्रस्तुति रहने समाजका महासचिव वसन्त अधिकारीले बताए ।

प्रकाशित मिति : २०८२ भाद्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *