२०७८ माघ १० गते सोमवार

चलचित्र क्षेत्रबाट टाढा भएको छैन ः अभिनेता ढुगांना


तुलसीपुर,पुस ६ । नेपाली चलचित्र क्षेत्रका अभिनेता रमित ढुगांनाले कोभिड–१९को महामारीका कारण थलिएको चलचित्र क्षेत्रले बिस्तारै फड्को मार्न थालेको बताएका छन । चलचित्र पत्रकार सघं दाङ शाखाले मंगलवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले विगत २ वर्षदेखि कोरोनाका कारण थला परेको चलचित्र क्षेत्रमा बिस्तारै चहलपहल सुरु भएको बताए ।

उनले पछिल्लो समय आफु सामाजिक कार्यमा व्यस्त रहेको बताउँदै चलचित्र क्षेत्रबाट टाढा नभएको बताए । उनँले भने,‘–म चलचित्र क्षेत्रबाट कहिले टाढा गएको छैन,मेरो कर्म थलो नै यहि हो ।’ यस अघि चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ फिल्म निर्मा गरेका ढुगांनाले अब नयाँ चलचित्र निमार्णको चरणमै रहेको बताए ।

एसिड पिडित मुस्कान खातुनको विषयमा चलचित्र बनाउन लागेको बताउँदै उनले बन्न लागेको चलचित्रको नाम ‘मुस्कान’ नै राखिएको बताए । जुन चलचित्रमा एसिड आक्रमण पछिको अभिनय मुस्कान आफैँले गर्ने उनको भनाई छ ।

अभिनेता ढुगांना तुलसीपुरका दृष्टिीबिहिन गणेश गन्धर्बको परिवारलाई राहत सामाग्री वितरण गर्न दाङ आएका हुन । उनको पुस ७ गते बुधवार तुलसीपुर स्थित मानवसेवा आश्रम र दिदिघर संस्थालाई राहत सामाग्री वितरण गर्ने कार्यक्रम तय भएको छ ।

चलचित्र पत्रकार सघं दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा सघंका सल्लाहाकार एवं रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सघंका सदस्य भुपेश वलिले गरेका थिए ।

प्रकाशित मिति : २०७८ पुष ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *